दफा ११क
सम्वन्धित विभागले विवरण माग गर्न सक्ने
– (१) यस ऐन अन्तर्गत दर्ता भएको कुनै फर्मसँग सम्वन्धित विभागले त्यस्तो फर्मको हिसाबको विवरण माग गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम माग गरिएको हिसाबको विवरण सम्वन्धित विभागलाई पेश गर्नु त्यस्तो फर्मको कर्तव्य हुनेछ ।